उपत्यकाको निषेधाज्ञा दश दिन थप्ने तयारी

डिसी नेपाल
३० जेठ २०७८ १३:०९
2.0k
Shares

काठमाडाैं।काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा दश दिन थप्ने तयारी भएकाे छ। यसबारे निर्णय गर्न आज तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ।

बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने बारे निर्णय गर्ने जनाइएकाे छ। वैशाख १६ गतेदेखि पटक पटक गरि लागू गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिन लागेको बेला उपत्यकामा तीनै जिल्लाका प्रजिअहरुको बैठकले निषेधाज्ञा पुन थप गर्न लागेको हो।
अबको निषेधाज्ञामा केही परिमार्जन हुने बताइएको छ।

परिमार्जनसहितको निषेधाज्ञामा किराना पसल, डिपार्टमेन्टल स्टोर विहान ११ बजे सम्म खोल्न दिने बताइएको छ । त्यसैगरि तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल पनि केही समय थप हुन सक्ने भएको छ। निजी तथा सार्वजनिक निर्माणको काम गर्न यस अघि नै दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *