चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई प्रधानमन्त्रीले धम्की दिएको आरोप

डिसी नेपाल
३० जेठ २०७८ १८:३८
304
Shares

काठमाडौं। वृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीलाई धम्की दिएको आरोप लगाएको छ। आन्दोलनले एक अपील जारी गर्दै आइतबार प्रधानमन्त्री ओलीले उपाध्यक्ष गिरीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर धम्की दिएको भन्दै आपत्ति जनाएको छ।

बी एण्ड सी अस्पताललाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न प्रधानमन्त्री ओलीले डा. गिरीलाई नाजायज दबाब दिँदै धम्की दिएको आन्दोलनले आरोप लगाएको छ। साथै स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गिरीको राजीनामासमेत मागेको आन्दोलनको आरोप छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *