सन् २०२१ मा चीनको सूचना प्रबिधि क्षेत्रमा २.२१ ट्रिलियन युआनभन्दा बढी खर्च

डिसी नेपाल
३० जेठ २०७८ २०:३६

बेइजिङ । सूचना प्रबिधि (आईटी) क्षेत्रमा चीनको खर्च वर्षको १० प्रतिशतले बढेर २०२१ मा २.२१ ट्रिलियन युआन (करिब तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर) पुगेको चीनद्वारा जारी औद्योगिक रिपोर्टमा बताइएको छ ।

कोभिड–१९ को महामारीको प्रकोपले इन्टरनेट क्षेत्रमा खर्च बढेको रिपोर्टमा बताइएको छ । चीनले टेलि–मेडिकेयर र टेलि शिक्षाको विकासलाई बढावा दिँदै गएको ग्लोबल मार्केट रिसर्च फर्म इन्टरनेसनल डाटा कर्पोरेशन (आईडीसी) ले जनाएको छ ।

चिनियाँ सरकारले यस वर्ष आफ्नो १४ औं पञ्चवर्षीय योजना कार्यान्वयन गर्न शुरू गरेको छ । चीनले आगामी वर्षहरूमा प्रबिधि विकासको खर्चलार्ई बृद्धि गर्ने आईडीसीले जनाएको छ । तथ्याङ्क अनुसार झेजियांग, जियाङ्सु र आन्हुई र शाङ्घाई नगरपालिका प्रान्तहरूमा रहेको याङ्जे नदी डेल्टा क्षेत्रले २०२१ मा आईटीका लागि ५१८ अर्बभन्दा बढी खर्च पु¥याएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *