सुशान्तको मृत्युपछि १० वटा फिल्म अड्किए, १ वर्षमा पनि भेटिएन उनको विकल्प

डिसी नेपाल
३१ जेठ २०७८ १०:४२

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको आज जून १४ का दिन १ वर्ष पूरा भयो । उनको मृत्युको विषयमा अनुसन्धान अझै पनि जारी छ । उनको मृत्यु भएको १ वर्षपछि पनि उनले गर्ने भनेका १० फिल्म भने अझै अड्किएका छन् । ट्रेड एलालिस्टको हवाला दिँदै एक भारतीय अखबारले जनाएअनुसार सुशान्तको जीवनमा धेरै चुनौती थिए ओलान् तर उनको लागि धेरै फिल्मका अफर पनि थिए । र, यी १० फिल्म उनको मृत्यु भएको १ वर्ष भइसक्दा पनि उनको विकल्प नपाएर अड्किएका छन् ।

मृत्युको केही दिन अघिसम्म सुशान्तको रमेश तौरानीसँग एक फिल्मका विषयमा कुरा भइरहेको थियो । यो फिल्मका सहनिर्माता निखिल आडवाणी पनि थिए । फिल्मको विषयवस्तु खुलाइएको छैन । फिल्ममा सुशान्तलाई दिने भनिएको भूमिकामा कुन अभिनेतालाई लिइयो भन्ने अझैसम्म बताइएको छैन । रमेश तौरानीका अनुसार यो एक्सन थ्रिलर फिल्म हो ।

रुमी जाफरीले पनि सुशान्तलाई लिएर एक्सन फिल्म बनाउने तयारीमा थिए । यो फिल्म केही हदसम्म अल्फ्रेड हिचककका फिल्म शैलीको थियो । वाशु भगनानीले निर्माण गर्ने यो फिल्ममा रिया चक्रवर्तीले पनि काम गर्ने भनिएको थियो । सुशान्तको मृत्युपछि यो फिल्म पनि अड्किएको छ । सन्दिप सिंहले सुशान्तसँग फिल्म ‘वन्दे मातरम’ घोषणा गरेका थिए । शेखर कपूरले ‘पानी’ पनि सुशान्तको साथमा बनाउने तयारी गरेका थिए ।

ट्रेड एनालिस्टका अनुसार महेन्द्र सिंहको बायोपिकका निर्माता कमल जैनले एक दक्षिण भारतीय फिल्मको अधिकार किनेका थिए र यो फिल्ममा सुशान्तले काम गर्ने तयारी थियो । बिक्रम मल्होत्राले सुशान्तको साथमा ‘राइफलम्यान’ बनाउने तयारी गरेका थिए । यो फिल्ममा पनि अहिलेसम्म कुनै प्रगति भएको छैन । कुमार मंगल पाठकले सुशान्त र कार्तिकलाई लिएर एक फिल्मको तयारी गरेका थिए । यो फिल्म पनि फ्लोरमा जान सकेको छैन ।

रसुल पुकट्टीले सुशान्तलाई लिएर प्रमकथामा आधारित फिल्मको तयारी गरेका थिए । रसुल फिल्मका निर्माता थिए । रसुलका निकट व्यक्तिका अनुसार सुशान्तको विकल्प अहिलेसम्म पाइएको छैन । आनन्द गान्धीले इमरजेन्सी नामको फिल्म सुशान्तको साथमा बनाउने तयारी गरेका थिए । यसका साथै २ अरु फिल्मको लागि पनि कुरा भइरहेको थियो । इमरजेन्सी महामारीमा आधारित थियो । अरु फिल्मको विवरण खुलेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *