प्रतिनिधिधि सभा विघटनविरुद्धको रिटः सर्वोच्च बारबाट घिमिरे र केसी एमिकस क्युरीमा सिफारिस

डिसी नेपाल
१ असार २०७८ १६:३४
424
Shares

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाईका लागि सर्वोच्च अदालत बार एसोसिएसनबाट दुईजना वरिष्ठ अधिवक्ता एमिकस क्युरीमा सिफारिस भएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले एमिकस क्युरी माग गर्ने आदेश गरे अनुसार सर्वोच्च बारले मंगलबार एमिकस क्युरी सिफारिस गरेको हो।

सर्वोच्च बारबाट वरिष्ठ अधिवक्ताद्वोय कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीमा रिफारिस भएका छन्। सरकारले जेठ ७ गते प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० वटा रिट दायर छन्। ती रिट मध्ये काँग्रेस सभापति शेरबहादुर देउवालगायत १४६ जना विघटित प्रतिनिधिसभाका सांसदहरुले दायर गरेको रिटमाथि अग्राधिकार दिएर यही असार ९ गतेबाट सुनुवाई हुँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशहरु दीप कार्की, मिरा खड्का, ईश्वर प्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा रिटमाथि सुनुवाई हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *