संसद भवन अगाडी प्रदर्शन गर्ने नेविसंघका नेता पक्राउ
काठमाडौं। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारले विद्यार्थीहरुलाई खोपको सुनिश्चिता नगरेको भन्दै संसद भवन अगाडी प्रदर्शन गरेको छ।

कोरोना कहरले नागरिकको जीवन आक्रन्त बनेको बेला सरकारले सत्ता टिकाउन जस्तो सुकै मूल्य चुकाउन तयार भएको तर विद्यार्थीको स्वास्थ्यमा ठूलो खेलवाड गरेको भन्दै उक्त प्रदर्शन गरिएको नेविसंघ आरआर क्याम्पसका अध्यक्ष संजिव ढकालले बताए।

प्रदर्शन गर्ने क्रममा विद्यार्थी नेताहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेविसंघ आरआरका अध्यक्ष संजिव ढकाल, मनिष सिम्खडा, मनिष खड्का, रमित खड्का, सुवर्ण गौतम, अञ्जन राज खतिवडा र मनिष रायमाझी रहेका छन्। अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment