कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

डिसी नेपाल
१ असार २०७८ २२:५०
32
Shares

कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आव।२०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

यही जेठ २९ गते कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा आगामी आव.२०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सोही दिनबाट सभामा छलफल शुरु भएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेशसभाका सदस्यहरुले भाग लिँदै आफ्नो सुझाव दिएका थिए ।

सदस्यहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको जवाफ आज प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा दिएका थिए । प्रदेशसभा सदस्यहरुको जिज्ञासाहरुको जवाफ दिएपछि मुख्यमन्त्री शाहीले आगामी आव २०७८/०७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भनि सभामा प्रस्ताव पेश गरेपछि उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *