सनी लियोनीको बाटोमा शमा सिकंदर

डिसी नेपाल
२ असार २०७८ १४:०२

काठमाडौं। भारतीय टेलिभिजन अभिनेत्री शमा सिकंदरले बलिउड अभिनेत्री सनी लियोनीको फोटोसुट कपी गरेकी छिन् । शमाले पनि आफ्नो न्यूड फोटो शेयर गरेकी छिन् । केही दिनअघि सनीले पनि आफ्नो न्यूड फोटो शेयर गरेकी थिइन् । सनीले यो फोटो बलिउड फोटोग्राफर डब्बु रतनानीको क्यालेण्डरको लागि खिचाएकी थिइन् । पछिल्लो समय शमाको फोटो पनि इन्टरनेटमा निकै चर्चामा छ ।

 

View this post on Instagram

 

A post shared by Sunny Leone (@sunnyleone)

सनीले आफ्नो न्यूड फोटोसुटमा एउटा ठूलो ह्याटले आफ्नो शरीर छेकेकी थिइन् । शमाले पनि ठिक त्यस्तै गरी ह्याटले नै आफ्नो शरीर छेकेकी छिन् । शमाले अमेरिकाको न्यूयोर्कबाट आफ्नो हट फोटो शेयर गरेकी हुन् । फोटोमा शमा सिसाको झ्यालमा आड लगाएर उभिएकी छिन् । सनी र शमाको फोटोग्राफी र लोकेसन फरक छ तर पोज भने उस्तै छ ।

 

View this post on Instagram

 

A post shared by Shama Sikander (@shamasikander)

शमा अहिले न्यूयोर्कमा ब्वाइफ्रेण्ड जेम्स मिलिरोनसँग छिन् । उनले हालै सूर्यास्तको आनन्द लिइरहेका केही फोटोहरु पनि शेयर गरेकी थिइन् । फोटोमा जेम्स पनि देखिएका थिए । केही दिनअघि पनि शमाले न्यूड फोटो शेयर गरेर सनसनी फैलाएकी थियन् । शमाले बेलाबेला यस्ता फोटोहरु शेयर गरिरहन्छिन् । उनका तस्वीर कैयौं म्यागजिनको कभरमा पनि छापिइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *