पूर्व प्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगियो

डिसी नेपाल
२ असार २०७८ १४:५०
680
Shares

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिएको छ। तीन दिनदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा सुधार नआएपछि दिल्लीस्थित एपोलो अस्पताल लगिएको हाे।

खनालकाे सचिवालयका अनुसार पूर्व प्रधानमन्त्री खनाललाई नियमित उडानमार्फत् मध्यान्ह १२ः३५ बजे दिल्ली लगिएको हो। उनको साथमा चिकित्सक डा. सुदीप अमात्य, श्रीमती र छोरा सँगै गएका छन्। रगतमा हेमोग्लोविनको मात्रामा कमी देखिएपछि उनलाई थप उपचारका लागि भारत लगिएको हाे।

खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको  छ। ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो। केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *