सरकारले कर तिर्न असार २५ गतेसम्मको म्याद तोक्यो

डिसी नेपाल
२ असार २०७८ १८:२८

काठमाडौं । सरकारले असार २५ गतेसम्म कर तिर्न म्याद तोकेको छ । आन्तरिक राजस्व विभागले सूचना प्रकाशित गर्दै कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको जनाएको छ ।

२०७७ चैत र २०७८ साल वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र सो विवरण बमोजिमको कर दाखिला गर्ने म्याद, वैशाख महिनाको बुझाउनुपर्ने आयकरको अग्रिम करकट्टी भएको र कम र सोको विवरण बुझाउने म्याद साथै अन्तः शुल्क दाखिला गर्ने समय, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद असार २५ गतेसम्म रहेको विभागले जनाएको छ ।

अर्थ मन्त्रालयको आज बसेको बैठकले उक्त म्याद तोकेको विभागले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *