बाढी पहिरोको वितण्डाः ४ जनाको मृत्य, १० जना वेपत्ता

डिसी नेपाल
२ असार २०७८ २०:२६

काठमाडौं । देशभर परेको अविरल बर्षाका कारण बाढी पहिरो आउँदा बुधबार ४ जनाको मृत्य र १० जना वेपत्ता भएका छन् । गृहमन्त्रालयका अनुसार हालसम्म ४ जिल्लामा १÷१ गरी कूल ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बाजुरा, सिन्धुपाल्चोक, पाल्पा र डोटीमा १÷१ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।

बाढी पहिरोमा ७ जना घाइते तथा ७७ वटा घर पूर्णरूपमा तथा २६ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको प्रवक्ता दाहालले बताए । उनका अनुसार अहिलेसम्म १२ जिल्ला बाढी तथा पहिरोबाट प्रभावित बनेका छन् । सिन्धुपाल्चोक जिल्लास्थित मेलम्चिी बजारमा क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण १ जनाको मृत्यु हुनुका साथै ७ जना बेपत्ता तथा ६ जना घाइते भएको मन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकमा पूर्णरूपमा १६ घरमा क्षति भएको छ भने पक्की पुल २ वटा र झोलुङ्गे पुल ६ वटा बगेका गृहप्रवक्ता दाहालले बताए ।

बाजुरामा १ जनाको मृत्यु र १ जना बेपत्ता हुनुका साथै २ वटा घरमा पूर्ण क्षति पुगेको छ । गोर्खामा बाढीबाट १ जना बेपत्ता भएका छन् । मनाङमा ५३ वटा घर पूर्णरूपले तथा २६ घरमा आंशिक क्षति भएको विवरण प्राप्त भएको दाहालले बताए । मनाङमा एउटा बेलिब्रिज बगेको छ भने प्रभावितका लागि हेलिकप्टरमार्फत राहतका सामग्री पठाउने प्रयास गरिए पनि खराब मौसमका कारण पुर्‍याउन नसकिएको दाहालको भनाई छ ।

पाल्पाको रिप्दीकोट गाउँपालिका–४ सिलाङ्थोकस्थित मन्छीप बस्ने मान बहादुर भन्ने महेन्द्र भट्टराईको घरमा मंगलबार साँझ पहिरो जाँदा उनकै छोरा १९ वर्षीय मदन भट्टराइको पहिरोमा पुरिएर मृत्यु भएको हो । विपत्तिबारे गृह मन्त्रालयबाट खाद्यान्न, त्रिपाल, टेन्ट र स्लिपिङ ब्यागलगायतका सामग्रीको व्यवस्थापन भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *