प्राकृतिक विपत्तिको क्षति न्यूनिकरणमा जिम्मेवार बन्न पूर्वराजा शाहको आग्रह
काठमाडौँ। बाढी–पहिरोसहितका प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनिकरण तथा नागरिकको सेवाका लागि सबै जिम्मेवार बन्न पूर्वराजा ज्ञानेन्द्र शाहले आग्रह गरेका छन्।
आज एक वक्तव्य जारी गर्दै पूर्वराजा शाहले प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतको व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानु पर्ने उल्लेख गरेका छन्।
उनले वक्तव्यमा भनेका छन्, ‘अवस्था विकराल नहोस्, अपार क्षति नहोस् र जनकल्याणकारी प्रवन्ध प्रभावकारी रुपमा होस् भन्ने हाम्रो आग्रह छ।’
कोरोना भाइरसको महामारीसँग जुधिरहेका बेला मनसुनको प्रारम्भमै ठूलो धनजनको क्षति हुने गरि आएको बाढी पहिरोसहितका प्राकृतिक विपत्तिबाट आफू दुःखी भएको उनले वक्तव्यमा उल्लेख गरेका छन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment