शान्ति सेनामा योगदान दिने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा

डिसी नेपाल
३ असार २०७८ १९:१०
4.4k
Shares

काठमाडौं। संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा नेपाल तेस्रो स्थानमा पर्न सफल भएको छ। नेपाली सेनाले नेपाल तेस्रो स्थानमा रहन सफल भएको जानकारी दिएको छ। नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले ५६८६ फौजसहित नेपाल तेस्रो स्थानमा रहन सफल भएको जानकारी दिए।

यसरी योगदान दिनेमा बंगलादेश पहिलो स्थानमा छ भने इथोपिया दोस्रो स्थानमा छ। यस्तै चौथो स्थानमा रुवान्डा रहँदा भारत पाँचौं र पाकिस्तान छैटौं स्थानमा छन्।
शान्ति सेनामा नेपालबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले योगदान दिँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *