सांग्रिला डेभलपमेण्ट बैंकले ७५ करोड बराबरको ऋणपत्र निष्कासन गर्दै, ब्याजदर कति ?

डिसी नेपाल
५ असार २०७८ १२:१९

काठमाडौं। सांग्रिला डेभलपमेण्ट बैंकले ‘सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७’ नामको ऋणपत्र जारी गर्दैछ। बैंकले आइतबार (भोली) देखि १० वर्षे अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा करिब ७५ करोड बराबरको ऋणपत्र निष्कासन गर्ने जनाएको छ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरको  ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।

यसमध्ये सामूहिक लगानीकोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ।

ऋणपत्र खरीदका लागि छिटोमा असार ९ र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ। यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *