धुलिखेल नगरसभाको नवाैँ अधिवेशन सुरु, १ अर्ब १५ कराेडकाे बजेट

डिसी नेपाल
७ असार २०७८ १४:५६
64
Shares

धुलिखेल । धुलिखेल नगरसभाको नवाैँ अधिवेशन सुरु भएको छ। नगरपालिकाको सभाहलमा नगरप्रमुख अशोक कुमार ब्याञ्जुले नगरसभा प्रारम्भ भएको घोषणा गरेका छन्। आर्थिक वर्ष २०७८/७९ को बजेट अधिवेशन समेत रहेको नगरसभा सोमबार दिउसो १ बजे सुरु भएको छ।

असारको १० गतेभित्र स्थानीय तहको बजेट ल्याउनै पर्ने कानूनी बाध्यता रहेको छ। धुलिखेलको आर्थिक वर्ष २०७८/७९ को बजेट पनि आजको नगरसभामा प्रस्तुत गरिने छ।

काठमाडौंदेखि नजिकै रहेको र काभ्रेजिल्लाको सदरमुकाम समेत रहेको धुलिखेल नगरपालिकाले अनुमानित १ अर्ब १५ करोड १५ लाखकाे बजेट पनि आजको नगरसभामा प्रस्तुत गरिने भएको छ।

नगरभित्रको विकासका कामसँगै कोरोनाको महामारीकाबीच आउन लागेको बजेटमा स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ। कोरोनाको महामारी रोकथाम तथा नियन्त्रणमा बजेटको अरु भन्दा बढी अंश समावेश गरिएको नगरपालिकाले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *