धितोपत्र बोर्डलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

डिसी नेपाल
७ असार २०७८ १४:१६

काठमाडौं। सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। बोर्डले जोखियुक्त कम्पनीको सूची सार्वजनिक गरेसँगै घट्न थालेका सेयर बजार त्यसपश्चात लगातार घटिरहेको छ।

नेप्से परिसूचक हिजो एकै दिन मात्रै विगत ४ महिना यताकै धेरै ६३ अंकले गिरावट आएको छ।

बोर्डले जोखिमयुक्त ५१ कम्पनीको सूची सार्वजनिक गरेको विरुद्ध परेको मुद्दामा न्यायाधीश डा. कुमार चुडालले घटनाको बारेमा जानकारीसहित अन्तरिम आदेश जारी गर्न नपर्ने आधार कारणसहित पेश गर्न आदेश दिएका हुन्।

अधिवक्ता रविन बोहजुले बोर्डले सार्वजनिक गरेको जोखिमयुक्त कम्पनीको सूची बदर माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। उक्त रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

बोर्डले गत मंगलबार जोखिमयुक्त ५१ वटा कम्पनीको सूची सार्वजिक गर्दै सेयर कारोबारको छानविन समेत सुरू गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *