सूचना प्रविधिमा धुलिखेलको प्रगति

डिसी नेपाल
७ असार २०७८ १५:३४

धुलिखेल । सूचना तथा प्रविधि विस्तार गर्दै धुलिखेलले आफ्नै एप संचालनमा ल्याउने भएको छ। नगरपालिकाकी उपप्रमुख विमला चौलागाईँले नगरपालिकाका विभिन्न स्थानमा फ्रि वाईफाईको व्यवस्था भएको जानकारी दिइन्।

नगरपालिकाले E-payment सिस्टम संचालनमा ल्याएर यसबाट नगर वासीले घरमै बसी कर तिर्न सक्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ। कार्यालयमा ३०/३० MBPS Speed को दुइवटा ISP मार्फत इन्टरनेट जडान गरिएको र ८ वटा वडा कार्यालयमा आफ्नै Dedicated Fiber मार्फत र ४ वटा वडा कार्यालयमा २/२ MBPS Speed को Dedicated इन्टरनेट जडान गरिएको छ ।

नगरका महत्वपूर्ण पर्यटकीय स्थल र चोकहरु गरी २० ठाउमा Free WIFI जडान गरिएको छ ।  यसवर्ष थप ठाउँमा जडान गरिने छ । नगरका बिभिन्न पर्यटकीय स्थल र चोकहरु,राजमार्गमा र मठ मन्दिर गल्लिहरुमा CCTV जडान गरिएको छ मोनिटर जिल्ला प्रहरी कार्यालयमा राखिएको सो कार्यलाई यस वर्ष पनि निरन्तरता दिईने नगरपालिकाको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ।

नगरका सामुदायिक बिद्यालयहरुमा Bio-Metric ई-हाजिरी जडान गरिएको छ । नगर भित्रका सम्पूर्ण DATA व्यवस्थापन को लागि आफ्नै Server को व्यवस्था गरिएको छ।  साथै आर्थिक कारोबारलाई Cyber Threats बाट बचाउनको लागि Firewall System को व्यवस्था गरिएको छ।  Cyber Security को अवस्था लाई मध्यनजर गरि वेब साईटमा SSL सर्टिफिकेट राखिएको छ। अपांगता परिचयपत्र वितरणको लागि आफ्नै सफ्टवेयर सिस्टम मार्फत डाटा व्यवस्थापन र परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाईएको नगरपालिकाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *