सुनसरीमा भैँसी चोरी गर्ने एक जना पक्राउ

डिसी नेपाल
७ असार २०७८ १६:२५

सुनसरी । सुनसरीको ईनरुवामा भैँसी चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईनरुवा नगरपालिका ९ बविया बस्ने रामरुप खत्वेको घरबाट भैसी र पाडा चोरी गरी लैजादै गरेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका ५ टपरा बस्ने २२ वर्षीय जियाउदिन मन्सुसरीलाई सुकसेना नहरछेउबाट शनिबार प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी कोशी गाउँपालिका १ बस्ने विक्रम साहको आफ्नै घरमा राखेको बा.९० प ७७९३ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा सोही ठाउँ बस्ने ओम प्रकाश यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकल तथा भैसी चोरी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट छुट्टाछुट्टै खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी गरेको हो । उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *