राप्रपाबाट आएका सुनिल थापासहित ५५ जना कांग्रेस महासमिति सदस्य मनोनित
काठमाडाैं। राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापासहित ५५ जनालाई नेपाली कांग्रेसले महासमिति सदस्यमा मनाेनित गरेकाे छ। पार्टी केन्द्रीय समिति निर्णय अनुसार उनीहरुलाई महासमिति सदस्यमा समायोजन गरिएको कांग्रेसले जनाएको छ।
थापा हाल कांग्रेसको सहमहामन्त्री छन्। महासमिति सदस्यमा समायोजना हुनेमा रामकृष्ण भट्टराई,विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, किरण गिरीसहितका विभिन्न तहका नेता छन्।



No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment