महिलाहरुलाई टिकटक र यस्तै अन्य एप चलाउन प्रोत्साहित गर्दा टिकटकरलाई १० वर्ष जेल

डिसी नेपाल
९ असार २०७८ १६:२०

काठमाडौं। इजिप्टकी एक टिकटक स्टारलाई १० वर्षको जेल सजाय सुनाइएको छ । यी महिलाले टिकटक र यस्तै अन्य सामाजिक संजालमा गरेका पोस्टका कारण उनलाई यो सजाय सुनाइएको हो । उनी टिकटकमा निकै लोकप्रिय थिइन् र महिलाहरुलाई अनलाइन भिडियो बनाएर पैसा कमाउने तरिका सिकाउँथिन् । हनीन होसम नामकी यी महिलासहित अन्य ४ जना महिला पनि पक्राउ परेका थिए ।

पक्राउ परेका सबै महिलाहरुलाई २ लाख इजिप्सियन पाउण्ड (१५ लाख रुपैयाँ) जरिवाना लगाइएको छ । बीबीसीका अनुसार यी महिलाहरुले अन्य महिलाहरुलाई अनलाइनमा भिडियोबाट पैसा कमाउने तरिका सिकाउँथे । प्रशासनले यसलाई ‘अनलाइन वेश्यावृत्ति’सँग जोडेर मुद्दा चलाएको थियो । पक्राउ परेका महिलामध्ये सबैभन्दा कडा सजाय हनीनलाई सुनाइएको छ किनकि उनी सुनुवाइको दिन अदालत उपस्थित भएकी थिइनन् ।

हनीनका वकिलले अदालतमा अनुपस्थित रहन पाउने हनीनको कानुनी अधिकार भएको तर्क गरेका थिए तर यसलाई बेवास्ता गर्दै उनलाई सबैभन्दा कडा सजाय सुनाइयो । हनीनका टिकटकमा ९ लाख फलोअर छन् । उनलाई सबैभन्दा पहिले अप्रिल २०२० मा पुलिसले पक्राउ गरेको थियो । त्यतिबेला उनले टिकटकमा एउटा भिडियो पोस्ट गरेर महिलाहरुलाई यस्तै भिडियो प्लेटफर्म लाइकी प्रयोग गर्न प्रोत्साहित गरेकी थिइन् । यसलाई त्यहाँको प्रशासनले पारिवारिक मूल्य र मान्यताको उल्लंघन भनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *