थप २ हजार ४ सय जनामा कोरोना पुष्टि, ३ हजार ५ सय निको

डिसी नेपाल
९ असार २०७८ १६:४२

काठमाडौं । बुधबार नेपालमा २ हजार ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार ४६१ पीसीआर र ४ हजार ९५३ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ५११ र ९१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५६ हजार ८९१ पुगेको छ । जसमध्ये ५ लाख ६८ हजार ४४० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ८१ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ८ हजार ८९४ जनाको मृत्यु भएको छ । यस्तै देशभर ४२५ जना क्वारेन्टिनमा रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *