पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ। नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो। पेट्रोल, डिजेल रमट्टितेलमा प्रति लिटर २ रुपैयाँ मूल्य बढाइएको हो।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य लिटरको १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर २ ले वृद्धि गरेर ७३५ डलर प्रति किलो लिटर बनाइएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment