इथियाेपियामा भएकाे हवाइ आक्रमणमा परी दर्जानाैंकाे मृत्यु

डिसी नेपाल
१० असार २०७८ ७:४८

काठमाडौं । इथियोपियामा हवाई फौजको आक्रमणमा परि दर्जनौ मानिसले ज्यान गुमाएका छन्। बिबिसीका अनुसार उत्तरपूर्वी इथियोपियाको टिग्रे क्षेत्रमा रहेको एउटा बजारमा सरकारी हवाई फौजले गरेको आक्रमण गरेको हो ।

प्रत्यक्षदर्शीहरूका अनुसार इथियोपियाको हवाई फौजले उक्त क्षेत्रको राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको बताएको बिबिसीले बताएको छ।

इथियोपियाको सेनाले गैर सैनिकहरूलाई निशाना नबनाएको बताउँदै आफ्नो हमलाले आतङ्कवादीहरूलाई निष्क्रिय बनाउने उद्देश्य राखेको जनाएको छ। टिग्रेको विद्रोही सेनाले हालैका दिनमा आफूहरूले प्रगति गरिरहेको बताउँदै आएका थिए। इथियोपियाको सरकारले त्यसलाई अस्वीकार गरिरहेको थियो।

रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आइसीआरसीले आफूले घाइते व्यक्तिहरूको उद्धारमा सघाएको जनाएको छ। यसैबीच संयुक्त राष्ट्रसङ्घले इथियोपियाको सरकारलाई हवाई हमलाका विवरणबारे अनुसन्धान गर्न भनेको छ।

करिब आठ महिनाअघि द्वन्द्व सुरु भएयता हजारौँ व्यक्तिले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *