कोभिड महामारी फैलिएको बेला लाखौँ मानिस बने करोडपति – Dcnepal

कोभिड महामारी फैलिएको बेला लाखौँ मानिस बने करोडपति

बीबीसी। कोभिड-१९ महामारीका कारण विश्वको अर्थतन्त्रमा ठूलो क्षति पुगेको भए पनि विश्वभरि ५० लाखभन्दा बढी मानिसहरू यही बेला करोडपति बनेका छन्। धेरै गरिबहरू अझ गरिब बनेको तर महामारीका बेला करोडपतिको सङ्ख्या ५२ लाख थपिएर पाँच करोड ६१ लाख पुगेको क्रेडिट सुइस नामक कम्पनीको अनुसन्धानले देखाएको छ।

सन् २०२० मा विश्वभरिका एक प्रतिशत वयस्कहरू पहिलो पटक करोडपति बनेका हुन्। शेअर बजारमा सुधार भएको तथा घरको मूल्य अकासिएका कारण उनीहरूको सम्पत्ति बढ्न पुगेको हो।

अनुसन्धानकर्ताहरूले महामारीले पुर्‍याएको आर्थिक दुष्प्रभावबाट सम्पत्ति बढ्ने काम “पूर्ण रूपमा असम्बन्धित” रहेको बताएका छन्।

द ग्लोबल वेल्थ रिपोर्टका लेखक तथा अर्थशास्त्री एन्थनी शोरक्सले महामारीले “विश्वव्यापी बजारमा तीव्र अनि अल्पकालीन असर” पारेको तर “जुन २०२० को अन्त्य सम्ममा त्यो उल्टिन पुगेको” बताए।

“विश्वव्यापी सम्पत्ति यो महामारीका बेला निरन्तर बढेको मात्र नभई सन् २०२० को उत्तरार्धमा त द्रुत गतिमा बढेको पाइयो,” उनले भने। यद्यपि वयस्कहरूबीच सम्पत्तिको खाडल झन् बढी हुन पुगेको छ। शोरोक्सका अनुसार विश्लेषणबाट घरको मूल्य बढेको कुरा हटाइएको छ।

त्यसैले “विश्वव्यापी रूपमा घरेलु सम्पत्ति खस्केको” हुन सक्छ। “तल्लो सम्पत्ति समूहमा भने सम्पत्ति स्थिर रहेको वा घटेको पाइयो,” उनले भने।

केही अन्तर्निहित तत्त्वहरू समयसँगै सच्चिँदै जानेछन्। उदाहरणका लागि ब्याजदर बढ्न थाल्नेछ र त्यसले सम्पत्तिको मूल्यमा नकारात्मक असर पार्नेछ।

विश्वव्यापी रूपमा सम्पत्ति ७.४% ले बढेको रिपोर्टले देखाएको छ। एक्काइसौँ शताब्दीको आरम्भ भएयता १० हजार डलरदेखि एक लाख डलर सम्पत्ति हुने मानिसको सङ्ख्या तीनगुनाले बढेको छ।

पहिले त्यो सङ्ख्या ५० करोड ७० लाख थियो भने सन् २००० मा त्यो सङ्ख्या १.७ अर्ब पुगेको छ। उदाउँदो अर्थतन्त्र भएका देशहरू “खासगरी चीनमा बढ्दो सम्पन्नता र विकासशील मुलुकमा मध्यमवर्गीय समूहको वृद्धि त्यसमा प्रतिविम्बित भएको” प्रतिवेदनमा उल्लेख छ।

क्रेडिट सुसीकी प्रमुख लगानी अधिकृत नेनेट हेख्लर फायडहेर्ब भन्छिन् , “सरकार र केन्द्रीय ब्याङ्कले नराम्ररी प्रभावित विभिन्न व्यक्ति र व्यसायलाई उपलब्ध गराएको आर्थिक सहायताले पक्कै सहयोग पुर्‍याएको छ। ब्याजदर घटाइदिएकाले पनि विश्वव्यापी सङ्कटलाई टारिदिएको छ।”

उनले भनिन्, “केन्द्रीय ब्याङ्कहरूले ब्याजदर घटाइदिनुले पनि ठूलो असर परेको छ।” “यो नै शेअर मूल्य र घरको मूल्य न बढ्नुको मुख्य कारण हो र त्यसैले हरेक घरको सम्पत्ति बढ्नुमा प्रत्यक्ष असर पारेको छ।” तर त्यसो गर्दा केही हानि पन भएको उनले बताइन्।

“कुल गार्हस्थ्य उत्पादनसम्बन्धी सार्वजनिक ऋण संसारभरि २० प्रतिशत वा त्योभन्दा बढी अङ्कले बढेको छ,” उनले भनिन्। सार्वजनिक निकायले घरघरलाई उपलब्ध गराएको सहुलियतका कारण खर्च हुने घरेलु आय तुलनात्मक रूपमा स्थिर रहेको र कति देशमा झन् बढेको पनि पाइएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो