माइक्रोसफ्टले आज विन्डोज ११ सार्वजनिक गर्दै

डिसी नेपाल
१० असार २०७८ ११:००

काठमाडौं। माइक्रोसफ्टले आफ्नो नयाँ अपरेटिङ सिस्टम विन्डोज ११ आज सार्वजनिक गर्दैछ । आज कम्पनीले एक कार्यक्रम गरी विन्डोज ११ लन्च गर्ने तयारी गरेको छ । यो कार्यक्रममा माइक्रोसफटका सीइओ तथा अध्यक्ष सत्य नडेलाका साथै चिफ प्रोडक्ट अफिसर पेनोस पनाय पनि सहभागी हुन सक्नेछन् । माइक्रोसफ्ले आफ्नो वेबसाइटमा जनाएअनुसार यो कार्यक्रम आज नेपाली समयअनुसार बेलुकी पौने ९ बजे (इस्टर्न टाइम बिहान ११ बजे) हुँदैछ ।

सार्वजनिक हुनुभन्दा पहिले नै विन्डोज ११ का केही फिचरहरुबारे जानकारी बाहिरिइसकेको छ । बाहिरिएका अपुष्ट जानकारीहरुका अनुसार विन्डोन ११ को कोड नाम सन भ्याली हुन सक्छ । यसमा कैयौं किसिमका परिवर्तन गरिएका छन् । यसमा नयाँ स्टार्ट मेनु र राउन्डेड कर्नरहरु हुनेछन् । विन्डोज ११ मा डार्क मोडका लागि सपोर्ट हुन सक्नेछ । यसमा स्टार्ट मेनु, फाइल एक्सप्लोरर, कन्टेक्स्ट मेनु लगायत युजर इन्टरफेसका मुख्य कुराहरुलाई राउन्ड कर्नरको साथ दिइएको हुन सक्छ ।

नयाँ अपडेटको साथ विन्डोजको नयाँ लोगो पनि आउन सक्छ । हालै यसका केही फोटो पनि सार्वजनिक भएका थिए जसमा नयाँ लोगो नीलो रंगको साथमा सन भ्याली थिमको साथमा आउने देखिएको थियो । रिपोर्टका अनुसार नयाँ विन्डोमा सबैभन्दा ठूलो परिवर्तन टास्कबारको हुनेछ । अब यसलाई बीचमा ल्याइन सक्छ र यसमा नयाँ स्टार्ट बटन र मेनु पनि हुन सक्छ । स्टार्ट मेनुमा लाइभ टाइल्स छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *