प्रि – ओपन सेसनमा चलखेल भएको गुनोसो पछि बोर्डले गर्यो व्यवस्था परिवर्तन

डिसी नेपाल
१० असार २०७८ १४:५३

काठमाडौं। नेपाल धितोपत्र बोर्डले प्रि – ओपन सेसनमा मूल्य परिवर्तन सीमा घटाएको छ। बिहीबार बोर्डले हाल रहेको ५% मूल्य परिवर्त सीमा घटाएर २% मा झारिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

अब प्रिओपन सेसनमा २% तलमाथि भएर मात्र खरिदबिक्री आदेश राख्न पाइने भएको छ।

प्रिओपन सेसनको कारोबारमा सेयर मूल्य अत्याधिक उतारचढाव भएपछि बोर्डले यस्तो व्यवस्था गरेको हो।

प्रि – ओपन सेसनमा मूल्य घटबढको सिमा ५ प्रतिशत हुँदा चलखेल भएको गुनासो आएकोमा त्यसलाई २ प्रतिशतमा घटाएर बोर्ड लगानीकर्ताको गुनासो सम्बोधन गर्ने प्रयास गरेको छ।

प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतार चढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकाले उक्त सत्रमा गरेको धितोपत्रको कारोबार मूल्य परिवर्तन सिमालाई घटाएको विज्ञप्तिमा उल्लेख छ।

साथै यो व्यवस्था पछि खरीदकर्ता र विक्रेताले प्रतिस्पर्धि मूल्यमा धितोपत्र खरीदविक्री गर्न सक्ने र कारोबारमा समेत वृद्धि हुने बोर्डको विश्वास छ।

यस्तै, धितोपत्र बोर्डले दोस्रो बजार कारोबारमा न्यूनतम मूल्य परिवर्तन सीमालाई पनि घटाएको छ। हाल १ रुपैयाँ रहेको न्यूनतम मूल्य परिवर्तन सीमा घटाएर १० पैसा बनाइएको हो। बोर्डले धितोपत्र कारोबार विनियमावली २०७५ को देस्रो संशोधन स्वीकृत गरी यी व्यवस्थाहरु ल्याएको हो।

उक्त व्यवस्थाहरु नेप्सेले आवश्यक प्रबन्ध मिलाई कार्यान्वयनमा ल्याउने बोर्डले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *