पोखरा महागनरपालिकाको बजेट ६ अर्ब २७ करोड ७५ लाख
पोखरा। पोखरा महागनरपालिकाले कोरोना रोकथाम, पूर्वाधार निर्माण संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७८/७९ लागि बजेट नगरसभामा प्रस्तुत गरेको छ। पोखरा सभामा आयोजित नवौ नगरसभामा पोखरा महागनरका उपप्रमुख मञ्जुदेवी गुरुङले ६ अर्ब २७ करोड ७५ लाखको आय ब्ययको विवरण प्रस्तुत गरिन्।
बजेटको खर्च व्यहोर्ने स्रोतहरुमा संघीय सरकार वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड १६ लाख अर्थात ४१ प्रतिशत, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख अर्थात १ दशमलव ५ प्रतिशत, संघीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार अर्थात ५ प्रतिशत, प्रदेश सरकार राजश्व बाँडफाँटबाट ६ करोड १८ लाख ७६ हजार अर्थात १ प्रतिशत, आन्तरिक आयबाट २ अर्ब २२ करोड अर्थात ३५ प्रतिशत व्यहोरिने छ उपप्रमुख गुरुङले बताइन्। १ अर्ब ३ करोड ७५ लाख ९२ हजार न्यून हुने देखिन्छ । न्यून हुन जाने बजेट पूर्ति गर्न गत आवको सञ्चित मौज्दात र चालु आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोरिने उनले बताइन्।
कुल विनियोजनमा चालुतर्फ रु २ अर्ब ९० करोड ९४ लाख अर्थात ४६ दशमलव ४ प्रतिशत, पुँजीगत खर्चतर्फ रु.३ अर्ब ३६ करोड ८० लाख अर्थात ५३ दशमलव ६ प्रतिशत विनियोजन प्रस्ताव गरिएको छ। खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालयतर्फ ८८ करोड ८६ लाख अथार्त १४ प्रतिशत, सामाजिक विकासतर्फ १२ करोड ७९ लाख ८९ हजार, अर्थात २ प्रतिशत, शिक्षातर्फ १ अर्ब ४२ करोड ८७ लाख ३५ हजार, २२ दशमलव सातपाँच प्रतिशत, कृषितर्फ १४ करोड ४९ लाख अर्थात २ दशमलव ३ प्रतिशत, स्वास्थ्यतर्फ ४० करोड २२ लाख, ६ दशमलव ४ प्रतिशत, वडा कार्यालयतर्फ ४१ करोड ६० लाख ६ दशमलव ६ प्रतिशत, पूर्वाधारतर्फ २ अर्ब ८६ करोड ९० लाख अर्थात ४५ दशमलव ७ प्रतिशत बजेट प्रस्ताव गरिएको उपप्रमुख गुरुङले बताइन्।
Facebook Comment