कोरोना विरुद्ध दुवै डोज खोप लगाएका ४ हजार जना कोरोना संक्रमित !

डिसी नेपाल
१० असार २०७८ १५:२८

काठमाडौं। अमेरिकाको मासाचुसेट्स राज्यका दुवै डोज खोप लगाइसकेका करिब ४ हजार मानिसहरु कोरोनाभाइरसबाट संक्रमित पाइएका छन् । स्टेट डिपार्टमेन्ट अफ पब्लिक हेल्थको तथ्यांकअनुसार मासाचुसेट्स राज्यमा ३७ लाखभन्दा धेरै जनसंख्यालाई पूर्ण रुपमा खोप दिइएको थियो । तर, यीमध्ये ३ हजार ८ सय व्यक्तिहरु पोजेटिभ पाइए । यद्यपि यो तथ्यांकपछि पनि प्रशासन धेरै चिन्तित भने छैन ।

तथ्यांकअनुसार यहाँ पूरै खोप लगाएका हरेक १ हजार जनामध्ये १ जना संक्रमित भएको पाइएको छ । बोस्टन युनिभर्सिटीमा संक्रामक रोगहरुका विशेषज्ञ डेभिडसन हेमरका अनुसार विशेषज्ञहरुले यस किसिमका अपवाद आउने पहिले नै अनुमान गरेका थिए त्यसैले यो ठूलो चिन्ताको विषय होइन । उनले बोस्टन हेराल्डसँग भने ‘यी केसहरुमध्ये धेरैजसो बिना लक्षणका छन् र केहीमा निकै हल्का लक्षण देखिएका छन् ।’ सीडीसीकाअनुसार अमेरिकामा १५० मिलियन भन्दा धेरैलाई पूर्ण रुपमा भ्याक्सिन दिइसकिएको छ । यसका अलावा देशमा६५ प्रतिशत वयस्कलाई कम्तीमा १ पटक भ्याक्सिन दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *