मुकेश अम्बानीले जियोफोन नेक्स्ट लञ्च गरे, संसारकै सबैभन्दा सस्तो स्मार्टफोन भएको दावी
काठमाडौं। एसियाकै सबेभन्दा धनी व्यवसायी मुकेश अम्बानीको कम्पनी रिलायन्स जियोले नयाँ स्मार्टफोन ल्याएको छ । जियोफोन नेक्स्ट नाम दिइएको यो फोन रिलायन्सले गुगलसँग मिलेर बनाएको हो । बिहीबार रिलायन्स इन्गस्ट्रिजको ४४ औं वाषिृक साधारण सभालाई सम्बोधन गर्ने क्रममा मुकेश अम्बानीले यो फोन लञ्च गरेका हुन् ।
कम्पनीले यो स्मार्टफोन भारतमा मात्र नभइ विश्वमै सबैभन्दा सस्तो स्मार्टफोन हुने दावी गरेको छ । जियोफोन नेक्स्ट भारतीय बजारमा आगामी सेप्टेम्बर १० मा गणुश चतुर्थीका दिनदेखि उपलब्ध हुनेछ । यो फोन सबैभन्दा पहिले भारतीय बजारमा लञ्च गरेपछि अन्य देशहरुमा पठाइनेछ ।
जियोफोन नेक्स्टले गुगलका सबै एपहरु, जियोका सबै एपहरुका साथमा एन्ड्रोइड प्ले स्टोरका एपहरु पनि सपोर्ट गर्नेछ । यो फोनमा एन्ड्रोइडको परिस्कृत संस्करण प्रयोग गरिनेछ । रिलायन्सको वार्षिक साधारण सभामा जियोफोन नेक्स्टको तस्वीर सार्वजनिक गरिएको थियो ।
Facebook Comment