न्याय परिषद् सदस्यमा भण्डारी नियुक्त
काठमाडौं। न्याया परिषदको सदस्यमा वरिष्ठ अभिवक्ता रामप्रसाद भण्डारी नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई विहीबार नियुक्त गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा रामप्रसाद भण्डारीलाई न्याय परिषद सदस्यमा नियुक्त गरिएको हो।
सदस्यमा नियुक्त भण्डारी रामेछापको खनियापानी ९ निवासी हुन्। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा खनियापानी ९, रामेछाप निवासी वरिष्ठ अधिवक्ता श्री रामप्रसाद भण्डारी (प्रपनं १००) लाई न्याय परिषद् सदस्य पदमा नियुक्त गर्नु भएको छ।’

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment