अस्पताल बनाउन जनप्रतिनिधिको माग

डिसी नेपाल
१० असार २०७८ १९:३५

मध्यपुरथिमी । चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिले चाँगुनारायण नगरपालिका वडा नं ५ देखि वडा नं ९ सम्मलाई पायक पर्ने ठाउँमा अस्पताल निर्माण गर्न माग गरेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिकाको जारी नवौं नगरसभामा नीति तथा कार्यक्रममा समेटिएका विषयबारे आफ्नो धारणा राख्दै जनप्रतिनिधिले अस्पतालको माग गरेका हुन् ।

सभामा चाँगुनारायण नगरपालिका वडा नं ९ की महिला सदस्य कमला गिरी, वडा नं २ का वडा सदस्य मोहन पौडेल, वडा नं २ का वडाध्यक्ष शिवहरि केसी, वडा नं ५ का वडा सदस्य राजी गिरी, वडा नं २ का महिला सदस्य कल्पना सुवालले अस्पताल बनाउनुपर्ने माग राखेका हुन् । भक्तपुरको उत्तरपूर्वी क्षेत्र स्वास्थ्यका दृष्टिकोणले पछाडी परेकाले नगरपालिकाले तत्कालै सो क्षेत्रलाई लक्षित गरी बजेट विनियोजन गर्नुपर्ने जनप्रतिनिधिल माग गरेका हुन् ।

कार्यक्रमलाई नगर सदस्य कमला गिरिले जनतालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि भक्तपुरको पूर्वी भेगमा अस्पतालको आवश्यकता भएको भन्दै वडा नं ५ देखि ९ सम्मलाई पायकपर्ने ठाउँमा यही आर्थिक वर्षदेखि अस्पताल सञ्चालनको लागि बजेट विनियोजन गर्न माग गरे । चाँगुनारायण नपा वडा नं २ का वडाध्यक्ष शिवहरि केसीले गिरिको मागलाई समर्थन गर्दै जनतामा स्वास्थ्यमा पहुँच पु¥याउन अस्पताले जरुरी भएकाले त्यसलाई तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरे । जनप्रतिनिधीहरूले बजेट विनियोजनमा कसैलाई काखा, कसैलाई पाखा गर्न नहुने धारणा राखेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *