धादिङ अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा

डिसी नेपाल
१० असार २०७८ २१:४९

धादिङ । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । वाग्मती प्रदेश सरकारको रु ४० लाखको सहयोगमा पहिलो पटक प्लान्ट जडान गरी अक्सिसन उत्पादन शुरु गरिएको हो । जडित प्लान्टबाट प्रतिमिनेट ८५ देखि ९० लिटरसम्मको उत्पादन गरी पाइप लाइनबाट आइसीयू सहित अन्य श्ययामा पु¥याइएको छ ।

प्रदेशका सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारीले आज प्लान्टको आज शुभारम्भ गर्दै स्वास्थ्य सेवा विस्तारका लागि प्रदेश सरकार प्रतिवद्ध छ भने । अस्पतालका प्रमुख डा त्रिभुवनचन्द्र झाले कोभिड–१९ सहित अन्य दीर्घ बिरामीलाई उपचार गर्न सहज भएको बताए । अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले अस्पतालको क्षमता विस्तारमा जोड दिइएको जानकारी दिए । पचास श्ययाको सो अस्पतालमा अहिले ७० श्यया सञ्चालनमा रहेको छ भने निकट भविष्यमा २०० श्यया तयारीको लक्ष्य राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *