एनआईआईसी ग्लोवल कनक्लेभमा ४१ देशका २२० वक्ताले विदेश नीति र सुरक्षाबारे बहस गर्दै
काठमाडौं। नेपला इन्स्टिट्युट फर इन्टरनेशनल कोअपरेशन एण्ड इन्गेजमेन्ट (एनआईआईसी)को आयोजनामा ग्लोवल कनक्लेभ आयोजना हुँदैछ। भर्चुअल रुपमा शुक्रबार तीन दिने कनक्ेलभ आयोजना हुन लागेको आयोजक संस्थाका डाइरेक्टर डा. प्रमोद जैसवालले जानकारी दिएका छन्।
उनका अनुसार कनक्लेभमा विभिन्न ४१ देशका राजनीतिज्ञ तथा २२० जना राजनीतिज्ञ तथा प्राध्यापकहरुले विदेश नीति र सुरक्षाबारे बहस गर्नेछन्। कनक्लेभमा नेपाल, भारत, चीन, अमेरिका, बेलायत, जापान, श्रीलंकालगायतका राजनीतिज्ञ तथा प्राध्यापकले बहस गर्नेछन्।
तीन दिनसम्म चल्ने कार्यक्रममा नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्ध, भारत–चीन सम्बन्ध, अमेरिका–एसिया प्यासेफिक विदेश नीति र सुरक्षाबारे बहस गर्नेछन्। कार्यक्रममा विभिन्न देशका विद्यार्थी, कर्मचारी, सुरक्षा निकायका व्यक्तित्वहरु सहभागी हुनेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment