विश्वमा कोरोना : अमेरिकामा सक्रिय संक्रमितको संख्या झण्डै ५० लाख

डिसी नेपाल
११ असार २०७८ ७:०७
220
Shares

काठमाडौं । अमेरिकामा कोरोनाका सक्रिय संक्रमित अझै पनि करिव ५० लाख नजिक रहेको छ। तथ्याङ्क अनुसार अमेरिकामा अहिलेसम्म ४९ लाख ७४ हजार ३ सय ५२ सक्रिय संक्रमित रहेका छन्।

पहिलो लहरमा कोरोना महामारीले उग्र रुप लिएको अमेरिकामा अझै पनि सक्रिय संक्रमितको संख्यामा गिरावट आउन सकेको छैन। ३ करोड ४४ लाख बढी संक्रमित भएको अमेरिकामा ६ लाख बढीले ज्यान गुमाइ सकेका छन्। गत २४ घण्टामा २४ हजार निको भएकोब अमेरिकामा ४ हजारको नजिक कोरोनाका गम्भिर खाले विरामी रहेका छन्।

अमेरिकापछि ब्राजिलमा सक्रिय संक्रमित धेरै रहेका छन्। ब्राजिलमा १२ लाख २२ हजार ५सय सक्रिय संक्रमित रहेका छन्। ८ हजार बढी गम्भिर खालका बिरामी रहेको ब्राजिलमा हालसम्म ५ लाख बढीले ज्यान गुमाइ सकेका छन्।

१ करोड ८२ लाख ४३ हजार बढी सं्रक्रमित भएको ब्राजिलमा गत २४ घण्टामा पनि २ हजार बढीको कोरोनाका कारण मृत्यु भएको छ। पछिल्लो समय ब्राजिलमा कोरोनाका संक्रमित थपिने क्रम पनि बढिरहेको पाइएको छ। अमेरिकामा गत २४ घण्टामा १२ हजार कोरोनाका बिरामी थपिए भने ब्राजिलमा ७२ हजार ७ सय थपिएका छन्।

दोश्रो लहरले त्राहीत्राही बनाएको भारतमा अहिलेसम्म ६ लाख मात्र सक्रिय संक्रमित रहेका छन्। ३ करोड बढी संक्रमित भएको भारतमा गत २४ घण्टामा थपिएका ५१ हजार सहित ६ लाख १९ हजार ७ सय सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८ हजार ९ सय बढी गम्भिर खाले बिरामी रहेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *