आप्रवासीका बारेमा समान धारणा निर्माण गर्न राष्ट्रसंघका महासचिवको आग्रह

डिसी नेपाल
११ असार २०७८ २०:१४

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आप्रवासीका बारेमा समान धारणा निर्माण गरेर अघि बढ्न युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् ।राष्ट्रसंघका महासचिव गुटर्रेसले बिहीबार युरोपेली संसदको एक अधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले आप्रवासीका समस्याहरुका बारेमा पनि युरोपेली देशका प्राय सबै सदस्य राष्ट्रहरुले समाधान धारणा बनाउन र ती समस्याको समाधानका लागि संयुक्त रुपमा लाग्न सो आग्रह गरेका हुन् । उनको सो सम्बोधनका क्रममा भनेका थिए– मलाई लाग्दछ कि आगामी दिनमा युरोपका राष्ट्रहरुले आप्रवासीका विषयमा आवश्यक पर्ने नीति निर्माण गर्न र यहाँका यस क्षेत्रका समस्या समाधान गर्नका लागि पनि एकताबद्ध भएर लाग्नुपर्दछ ।

यस क्षेत्रमा आप्रवासीहरुका विषयमा धेरै समस्या रहेकाले ती समस्याहरुलाई कुनै एउटा मात्र देशले समाधान गर्न नसक्ने भएकाले आवश्यक नीति निर्माण गरेर अघि बढ्न उनले आग्रह गरेका हुन् ।

उनले आफूले पोर्चुगलको प्रधानमन्त्री एवं संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको रुपमा गरेको कामको अनुभवबाट यो सुझाव पेश गरेको पनि महासचिव एन्टोनियो गुटर्रेसले त्यस अवसरमा भनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *