फुटालेर पैसा निकाल्न नसकेपछि चोरहरुले एटिएम मेसिन नै गाडीमा हालेर लिएर गए

डिसी नेपाल
१२ असार २०७८ १२:३४

काठमाडौं। एटिएम मेसिन फुटाएर त्यसभित्र राखिएको पैसा निकाल्ने प्रयासमा सफल हुन नसकेपछि चोरहरुले एटिएम मेसिन नै उखेलेर पिकअप गाडीमा हालेर लिएर गएका छन् । भारतको राजस्थान राज्यको जोधपुरमा भएको यो घटनामा चोरहरुले एटिएम उखेलेर लिएर गएको सीसीटिभी फुटेजबाट थाहा भएको छ । पुलिसले यी चोरहरुको खोजी गरिरहेको छ ।

न्यूज १८ का अनुसार भावी गाउँ पंचायतको सिरवियों टोलमा युको बैंकको शाखाछेउमा राखिएको एटिएम चोरी भएको हो । स्थानीयको सूचनापछि घटनास्थल आएको प्रहरीले आसपासका सीसीटिभी फुटेज खोज्दा चोरहरुले एटिएम मेसिन नै उखेलेर पिकअप गाडीमा हालेर लिएर गएको देखियो । बैंक प्रबन्धनका अनुसार मेसिनमा १० देखि १२ लाख रुपैयाँ थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *