ट्यांकरको ठक्करबाट दुई बालिकाको मृत्यु, शव सडकमा राखेर राजमार्ग अवरुद्ध

डिसी नेपाल
१२ असार २०७८ १६:२१

सप्तरी। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ मा शनिबार ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुईजना बालिकाको ज्यान गएको छ।

ठक्करबाट दुवै मोटरसाइकलमा पछाडि सवार एक–एक जना बालिकाको ज्यान गएको र उक्त घटनामा तीन जना घाइेते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र धमलाले जानकारी दिए।

शनिबार दिउँसो पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ७ ख ५४९५ नम्बरको ट्यांकरले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा ११ प २५ ८५ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा रुपनी गाउँपालिका–३ कटैयाका विष्णुदेव परमाणीकी ८ वर्षीया छोरी यसोधा कुमारी परमाणीको मृत्यु भएको हो।

सोही मोटरसाइकलमा सवार यसोधाकी ३२ वर्षीया आमा सुमनदेवी परमाणी र मामा कुसुमलाल मण्डल घाइते भएको प्रहरी प्रमुख धमलाले जानकारी दिए।

यसैगरी सितापुरभन्दा करिब २ किलोमिटरको दुरी चाँदनी चोकमा पनि सोही ट्याक्टरले ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार कंचनरुप नगरपालिका–६ घोघनपुरका मो. अरणजैबकी ७ वर्षीया छोरी सुमैया प्रविणको मृत्यु भएको छ। सोही मोटरसाइकलमा सवार नविया प्रविण घाइते भएकी छिन्।

घाइतेहरुको ठेलियास्थित अस्पतालमा उपचार भइरहेको छ। यता मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र ट्यांकर चलाउने चालकलाई कारवाही हुनुपर्ने माग गर्दै दुर्घटना लगत्तै स्थानीयहरुले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *