दुई महिनापछि काठमाडौंका सडकमा सार्वजनिक यातायात (फोटोफिचर)
काठमाडौं। दुई महिनापछि उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन्। कोरोनाका कारण गत २ महिनादेखि थन्किएका सार्वजनिक यातायात जोर विरजोर प्रणाली अनुसार मंगलबारबाट उपत्यकाका सडकमा गुड्न थालेका हुन्।

सार्वजनिक यातायात संचालनमा आएसँगै आम मानिसलाई आवत जावत गर्न सहज भएको छ। आम मानिस दैनिक काममा फर्किन थालेका छन्। लकडाउन खुकुलो गरिएसँगै सडकमा चहल पहल बढेको छ।

सोमबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मंगलबार (आज)देखि लागु हुने गरी २५ सिट भन्दा बढी भएका सवारी साधनलाई जोर विजोर प्रणाली अनुसार चल्न दिन आदेश जारी गरेका थिए।







No ads found for this position
प्रतिक्रिया



Facebook Comment