राष्ट्रिय सभा अधिवेशन आजदेखि

डिसी नेपाल
१७ असार २०७८ ११:०१

काठमाडौं।सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि शुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा९१० बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा आज अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रियसभामा हाल १९ वटा विधेयकहरु रहेको र यो अधिवेशनमा ती विधेयकका साथसाथै समितिका प्रतिवेदनहरू र संवैधानिक निकायबाट आएका पत्रहरू प्रस्तुत हुने छन्।

अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने नियमावलीको व्यवस्थाअनुसार अध्यादेशहरू पेश गरिने कार्यसूची तय भएको छ। राष्ट्रियसभा बैठकमा सहभागी हुने सदस्यहरुको कोरोना परीक्षणका लागि एन्टीजेन परीक्षण पनि गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *