बाढी पीडितको उद्धार र राहतमा कमजोरी हुन नदिन गृहमन्त्रीको निर्देशन

डिसी नेपाल
१७ असार २०७८ १४:४४

काठमाडौं। गृह मन्त्री विष्णु पौडेलले उद्दार र राहतको काममा कुनैपनि किसिमको कमी कमजोरी नगर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा भएको कार्यक्रममा बोल्दै गृहमन्त्री पौडेलले कर्मचारी तथा शुरक्षाकर्मीहरुलाई उद्धारको काममा कुनैपनि किसिमको कमी कम्जोरी नगर्न र नतिजामुलक काम गर्न निर्देशन दिएका हुन्।

भौगोलिक तथा परस्थितिको अध्ययन र योजना विना पुर्वाधार निर्माणको काम भइरहेकोले बाढी र पहिरोको जोखिम बढेको भन्दै उनले विकासका कामलाई व्यवस्थित बनाउनुपर्ने विषयलाई बढी जोड दिए।

कार्यक्रममा देशभरमा विपदको अबस्था र नागरिकमा पारेको प्रभावबारे जानकारी गराइएको थियो। यसबर्ष मनसुनजन्य विपदका २८ जनाको मृत्यु भएको छ । बर्खायाम सुरु भएसँगै आएको बाढी र पहिरोमा परेर २६ जना बेपत्ता भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *