थप २ हजार ७ सय बढीमा कोरोना पुष्टि, ४ हजार निको

डिसी नेपाल
१७ असार २०७८ १६:५२

काठमाडौं । बिहिबार नेपालमा २ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार १३० पीसीआर र ३ हजार ८५५ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ८५७ र ९०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७६ हजार ५०९ पुगेको छ । जसमध्ये ६ लाख १४९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार १७ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ३३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार १४५ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *