सरकारले खोपमा प्रचारमात्र गर्‍यो : काँग्रेस

डिसी नेपाल
१७ असार २०७८ १७:३६

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाविरुद्धको खोपका विषयमा सरकारले प्रचारमात्र बढी गरेको बताएको छ। विहीबार शुरु भएको राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै काँग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीले सरकारले खोपका विषयमा प्रचारमात्र गरेको तर उपलब्धि प्राप्त नभएको टिप्पणी गरेका छन्। उनले सरकार कोरोना नियन्त्रणमा पनि पूर्ण रुपमा असफल भएको भन्दै सरकारको आलोचना गरे।

उनले राजनीतिक रुपमा पनि ओली नेतृत्वको सरकार असफल भएको भन्दै दुई पटक प्रतिनिधिसभा विघटन गरेकोमा पनि प्रधानमन्त्रीको ओलीको आलोचना गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *