ठाउँ ठाउँमा पहिरो गएपछि अवरुद्ध मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो

डिसी नेपाल
१७ असार २०७८ २३:२१

काठमाडौं। अविरल वर्षापछि गएको पहिरोका कारण अवररुद्ध भएको मुग्लिन–नारायणगढ सडक एकतर्फी खुलेको छ। मुग्लिन इलाका प्रहरी कार्यालयका अनुसार साँझ ७ बजेपछि यातायात एकतर्फी सञ्चालन भएको हो। राति सवा ११ बजे पनि सो सडकमा सवारी साधान चलिरहेको इप्रका मुग्लिनले जानकारी दिएको छ।

एकतर्फी सडक खुलेको इप्रका मुग्लिनका एक प्रहरी अधिकारीले डिसी नेपालसँग फोनमा जानकारी दिए। उनका अनुसार १४ किलो भन्ने स्थानमा खसेको ठूलो ढुंगालाई छिचोलेपछि एकतर्फी यातायात खुलेको हो।

साँझ ७ बजेसम्म सडक विभागले सडकमा आएको अवरोध हटाउने गरेको छ। सडक खुलाउन सडक विभागको जेसीबी तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ। विहीबार सो सडक खण्डको २ नम्वर पुल, ४ किलो, जलविरे, केराबारी र १७ किलोमा गएको पहिरो गएको थियो।

यस्तै साँझ १४ किलो भन्ने स्थानमा ठूलो ढुङ्गा खसेको थियो। सो ढुंगाको साइटबाट यातायात खुलाइएको प्रहरीले जनाएको छ। सो ढुंगा पूर्णरुपमा भने हटाउन नसकिएको एक प्रहरीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *