सप्तरीमा स्वास्थ्य मापदण्डको पालना गरेर सवारी साधन सञ्चालन

डिसी नेपाल
१८ असार २०७८ ७:०३

सप्तरी। सप्तरीमा कोभिड–१९ को कारण बन्द रहेको सार्वजनिक सवारी साधनहरु शुक्रबारदेखि सञ्चालनमा आउने भएका छन्। जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकबाट सवारीसाधन संचालन गर्ने निर्णय गरिएको हो।

जिल्लामा कोभिडको संक्रमण दर घटेपछि दुई साता अघि स्वास्थ्य मापदण्ड पालना गर्दै भीडभाड नगरी सरकारी र सार्वजनिक संस्थाहरु सञ्चालनमा ल्याएर निशेधज्ञा खुकुलो गरिएको थियो।

शुक्रवारबाट सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

सवारी सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्व पालना गर्न सूचनामा भनिएको छ। ‘मिति २०७८०३/१८ गतेदेखि जिल्लाभित्र चल्ने सार्वजनिक सवारीका साधन बस, माइक्रो, भ्यान, अटो लगायत भाडामा सञ्चालन हुने सवारी साधन र निजी सवारी साधन स्वास्थ्य सुरक्षाको पूर्णपालना गर्ने गराउने गरी सञ्चालन हुने, उल्लेख छ।

यसैगरी, खाद्यान्न, स्टेशनरी तथा निर्माण सामग्री लगायतका पसलहरु र होटेल तथा रेष्टुरेन्टबाट हुने टेक–वे सेवा पनि विहान ७ बजेदेखि साँझ ८ बजेसम्म खुला रहने निर्णय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *