कांग्रेस नेतात्रयले बाेलाएकाे केन्द्रीय सदस्यको भेला स्थगित

डिसी नेपाल
१८ असार २०७८ ९:१२

काठमाडौं। नेपाली कांग्रेसका नेतात्रय विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहले आज केन्द्रीय सदस्यसँग गर्ने भनिएको छलफल स्थगित भएको छ।

नेता प्रकाशमान सिंहले आज शशांक निवास टोखामा गर्ने भनिएको छलफल क्रियाशील सदस्यताको विवाद नटुंगिएकाले तथा आजै पदाधिकारी र पूर्वपदाधिकारी तथा क्रियाशील सदस्यता छानवीन समितको बैठक बस्नुपर्ने भएकाले आजका लागि तय भएको केन्द्रीय सदस्यसँगको छलफल स्गगित गरिएको जानकारी दिए।

सिंहले भने, ‘तर, क्रियाशीलको विषय नटुंगिएको र आज नै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नुपर्ने भएकाले तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल कार्यव्यस्तताका कारण स्थगित भएको जानकारी गराउँदछु।’

असार १५ गते निधि, कोइराला र सिंहबीच चाक्सीबारीमा भएको छलफलले शुक्रबार पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने समय तय गरेको थियो ।

नेता सिंहले कांग्रेसको आसन्न १४औं महाधिवेशनमा केन्द्रित रहेर उपसभापति निधि, डा। कोइराला र आफूबीच निरन्तर भइरहेको भेटघाटले आम कांग्रेसजनमा उत्साह र नवीन तरंग ल्याएको उनले उल्लेख गरेका छन्।

‘यो प्रतिकूल राष्ट्रिय परिस्थितिका बेलामा कांग्रेसजन र नागरिकमा यी तीन नेता मिलेर कांग्रेस महाधिवेशनमा नेतृत्व लिने सन्दर्भमा भएको छलफलले सिंगो मुलुककै ध्यानाकर्षण गराएको त छ नै, पछिल्लोपटक चाक्सीबारीमा भएको छलफलले कांग्रेस महाधिवेशन र समग्र मुलुकको समस्याबारे महत्त्वका साथ विषय उजागर गरेको छ,’ नेता सिंहले भनेका छन्, ‘सो बैठकले क्रियाशील सदस्यतासम्बन्धी समस्याको तत्कालै विधि प्रक्रिया भित्र रहेर समाधान खोज्दै महाधिवेशन केन्द्रित हुने र आज असार १८ गते शुक्रबार पार्टीको १३औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने समय तय गरेको थियो।’

निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकताअनुसार भेटघाट र छलफललाई निरन्तरता दिने  उनले बताएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *