सभामुख सापकाेटासँग प्रचण्ड र बाबुरामले बिताए एक घण्टा

डिसी नेपाल
१८ असार २०७८ १२:०१

काठमाडौ। नेकपा माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका सघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सभामुख अग्नि सापकोटासँग भेट गरेका छन्। शुक्रबार विहान विहान सभामुख निवास लैनचर पुगेका प्रचण्ड र बाबुरामले सभामुख सापकोटासँग एक घण्टा बढी छलफल गरेका थिए।

पछिल्लो समय विपक्षी गठबन्धनमा रहेका प्रचण्ड र भट्टराईको सभामुख सापकोटासँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उनीहरुबीच के विषयमा छलफल भयो भन्ने सार्वजनिक गरिएको छैन।

सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछि विभिन्न पक्षसँग छलफल गर्दै आएका छन्। संविधान विघटन विरुद्धको मुद्दामाथि सार्वोच्च अदालतमा सुनुवाइ जारी छ। आजदेखि सभामुखका कानुन व्यावसायीले वहश गर्दैछन्। त्यसको पूर्वसन्ध्यामा प्रचण्ड र बाबुरामले सभामुख सापकोटासँग एक घण्टा बढी समय बिताएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *