कोशी नदीको बहाव खरताको विन्दुमा, ब्यारेजका २३ ढोका खोलियो
सप्तरी। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको वहाव यो वर्षकै उच्च पुगेको छ। विहीबार रातिदेखि पानीको वहाव बढ्दै गएको हो। कोशी व्यारेज प्रशासनका अनुसार नदीमा पानीको वहाव शुक्रबार दिउँसो १ लाख ५२ हजार ८५० प्रतिसेकेन्ड क्यूसेक पुगेको छ। वहाव बढेसँगै ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुला गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएका छन्।
उनले पानीको वहाव अहिले बढिरहेको भन्दै वहाव बढ्ने क्रम निरन्तर रहे थप ढोका खोलिने बताए। कोशी ब्यारेजमा खतराको संकेत रातो बत्ती समेत बालिएको छ।
तटबन्ध वरिपरि बसोवास गर्नेहरुलाई सतर्क भएर बस्न प्रशासनले आग्रह गरेको छ। ब्यारेजमा पानीको बहाव डेढ लाख नाघेसँगै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ। यसैगरी २ लाख काट्नासाथ पूर्वतर्फको अर्को रातो बत्ती बालिने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment