ओलीलाई वामदेवले भने- म तपाईंसँग आएँ, फर्केर जान्न

डिसी नेपाल
१९ असार २०७८ ६:२४

काठमाडौं। नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष केपी ओलीलाई अब आफू पार्टीमा फर्किएर आएको बताएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन्।

गौतमले अब पार्टीमा अध्यक्ष ओलीसँग आएको र ननिकालेसम्म फर्केर कतै नजाने प्रतिक्रिया दिएका हुन्। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते हठात रुपमा प्रतिनिधिसभा विघटन गरेपछि एमालेका बैठकमा सहभागी नभएका गौतम शुक्रबार बालुवाटार गएका हुन्।

अध्यक्ष ओलीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काउने प्रतिवद्धता जनाएर केन्द्रीय कमिटी बोलाएपछि गौतम बैठक सहभागी भएका हुन्।

बैठकलाई सम्बोधन गर्दै गौतमले पार्टी एकताको जिम्मेवारी आफूलाई दिनसमेत प्रधानमन्त्रीसँग अनुरोध गरेका छन्। जिम्मेवारी दिए एकता गरेर छाड्ने भन्दै गौतमले ओलीसँग एकताको जिम्मेवारी दिन अनुरोध गरेका हुन्।

‘म तपाईंसँग आएको छु, फर्केर जान्न, ननिकालेसम्म एमालेमा बसिरहन्छु’, गौतमको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य विशाल भट्टराईले भने, ‘मलाई जिम्मेवारी दिए एकता गर्छु ।’ अन्नपूर्ण पाेस्टबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *