ब्वायफ्रेण्डसँग शारीरिक सम्बन्ध राख्दा १०० पटक लौरोले हानियो, कुटाइ खाँदाखाँदै बेहोस – Dcnepal

ब्वायफ्रेण्डसँग शारीरिक सम्बन्ध राख्दा १०० पटक लौरोले हानियो, कुटाइ खाँदाखाँदै बेहोस

काठमाडौं। इण्डोनेसियामा एक महिलालाई आफ्ना ब्वायफ्रेण्डसँग बिहे नगर्दै शारीरिक सम्बनध बनाएको अभियोगमा १०० पटक लौरोले कुट्ने सजाइ दिइएको छ । सजाय दिने क्रममा यी महिलाको हालत यतिसम्म बिग्रियो कि उनी कुटाइ सहन नसकेर बेहोस भएर ढलिन् । उनीसँगै उनका ब्वायफ्रेण्डलाई पनि १०० लौरो कुट्ने सजाय दिइएको थियो ।

द सनका अनुसार इण्डोनेसियाको अकेह प्रान्तको होक्स्योमावे सहरमा यो घटना भएको हो । यो जोडीलाई सार्वजनिक रुपमा सबैको अगाडि सजाय दिइँदै थियो । सुरुमा त यी महिलाले पीडा सहँदै रहिन् चर विस्तारै उनको स्थिति बिग्रिँदै गयो । अन्ततः यी महिला ढलिन् र बेहोस भइन् । स्थानीय टिब्युन न्युजका अनुसार जसले उनीहरुलाई शारीरिक सम्बनधका लागि कोठा उपलब्ध गराएका थिए ती व्यक्तिलाई पनि ७५ पटक लौरो हानिएको छ ।

यसका अलावा सोही समयमा मदिरा पिएको आरोपमा अन्य २ जनालाई पनि ४०–४० पटक लौरोले हानियो । इस्लामिक पुलिस प्रमुख जुल्किफिलका अनुसार सजाय पाएर बेहोस भएकी महिलालाई त्यहाँबाट लगिएको थियो । इण्डोनेसियाको अकेह क्षेत्रमा इस्लामिक शरिया कानुन लागू गरिएको छ । पूरै इण्डोनेसियामा यो पान्त मात्र यस्तो क्षेत्र हो जहाँ शरिया कानुन लागू गरिएको छ । यहाँ करिब ५० लाख मानिस बस्छन् जसमध्ये ९८ प्रतिशत मुस्लिम छन् ।

२००१ मा इण्डोनेसिया सरकारले यस क्षेत्रलाई स्वायत्तता दिएको थियो । त्यसपछि यहाँ शरिया कानुन लागू गरिएको हो । यस क्षेत्रमा मदिरा पिउन, बिहेअघि शारीरिक सम्बन्ध राख्न र समलिंगी शारीरिक सम्बन्ध राख्न प्रतिबन्ध छ । यदि यसो गरेमा निकै दर्दनाक तरिकाले लौरेले हानेर सजाय दिइन्छ । मानवअधिकारवादीहरु यो सजायको आलोचना गर्छन् तर यहाँका नागरिक भने यो कानुनको पूर्ण समर्थन गर्छन् । कोरोना कालमा पनि यसरी सजाय दिने क्रम जारी थियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो