महुली खोलाले बगाएर युवतीकाे मृत्यु
प्रतिकात्मक तस्वीर।
सप्तरी। सप्तरीको अग्नीसाईर कृष्णसरवण गाउँपालिकामा सोमबार महुली खोलाले बगाएर महिलाको मृत्यु भएको छ। वडा नम्बर १ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साहको महुली खोलाले बगाएर मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले बताए।
बिहान छेउमै रहेको जंगलबाट महाकुमारी बहिनी आशाकुमारीसँग बाँसको तामा काटेर घर फर्किने क्रममा खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको थियो ।
दिदीलाई बगाएको विषयमा आशाले जानकारी दिएपछि ईलाका प्रहरी कार्यालय महुली र कंचनपुरका प्रहरी टोली तथा स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट करिब २ सयमिटर परबाट शव बरामद भएको प्रहरी नायव उपरीक्षक काफ्लेको भनाइ रहेको छ।
शव पोष्टमार्टमकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment